लोकगायक गर्बुजा पत्रकारहरुको च्यारिटीमा लण्डन आउने

लण्डन । पत्रकार आपतकालिन कोष स्थापनाका लागि नेपाल पत्रकार महासंघ युके शाखाले यही मे २१ अल्डरसटमा आयोजना गर्न लागेको च्यारिटीमा नेपालका एकजना लोकप्रिय गायक खड्ग गर्बुजा सहभागी हुने भएका छन् ।
महासंघले उनको भिजा लागिसकेको जनाएको छ । एम्पायर हल अल्डरसटमा हुने कार्यक्रममा गर्बुजा अलवा स्थानीय कलाकारहरुबाट समेत प्रस्तुति हुने अपेक्षा छ ।
महासंघका अध्यक्ष नरेश खपाङ्गीमगरले नेपाली पत्रकार तथा युकेमा रहेका कुनै पनि नेपाली आपतमा पर्दा सहयोग गर्न सकियोस् भनेर च्यारिटी गर्न लागिएको बताए । उनले हालसम्म तीसवटा टेबल बुक भइसकेको र करिब ४ हजार पाउण्ड प्रतिवद्धता आइसकेको जनाए । यसैगरि कार्यक्रममा सबैलाई सहभागी भइदिन र आर्थिक सहयोग गर्न अपिल गरेका छन् ।