काठमाडौं, बैशाख २४– राप्रपाका नेता तथा गुण्डा नाइके दिपक मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको छ ।
चुनावको सुरक्षालाई मध्यजनर गर्दै मनाङ्गेलाई ठमेलबाट पक्राउ प्रहरी गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले जानकारी दिए ।
मनाङे पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् भने राप्रपाको महाधिवशनअघि उनी कमल थापाको हातबाट टिका लगाएर सो पार्टीमा प्रवेश गरी मनाङ जिल्ला अध्यक्ष बनेका थिए ।






