२८ वर्षे अनुष्काः विराट बाहेक अरु को-कोसँग जोडियो नाम

मुम्बई । बलिउड नायिका अनुष्का शर्मा आजदेखि २८ वर्ष लागेकी छिन् । पछिल्लो समय विराट कोहलीको प्रेमिका भनेर चिनिने अनुष्का अन्य पुरुषहरुसँग पनि जोडिएकी थिइन् ।कुनै समय रणबीर सिंह र शाहिद कपुरसँग पनि उनको नाम जोडिएको थियो । तर, उनीहरुको सम्बन्ध लामो समयसम्म टिकेन । उनी जति फिल्मको कारण चर्चामा आइन्, प्रेमसम्बन्धको कारण पनि चर्चा उस्तै भयो ।

केही भारतीय मिडियाले उल्लेख गरे अनुसार अनुष्का कुनै वेला रणबीर सिंहसँग अफेयरमा थिइन् । ब्याण्ड बाजा बारात र रिक्की बहलमा काम गर्दा उनी रणबीरसँग नजिकिएको चर्चा थियो । त्यसो त दीपिका पादुकोण र रणबीर कपुरको सम्बन्धमा खट्पट आएपछि रणबीर कपुरसँग पनि अनुष्का नजिकिएको हल्ला थियो । बदमास कम्पनिमा काम गर्दा शाहिद र अनुष्काविच अफेयर रहेको हल्ला चलेको थियो ।

अनुष्काको नाम विराट कोहलीसँग जोडिएपछि सबै भन्दा धेरै चर्चामा आइन् । विराटसँग एक सेम्पुको विज्ञापनमा काम गरेपछि उनीहरुको सम्बन्ध गाढा भएको थियो । अहिले पनि उनीहरुको सम्बन्ध निकै राम्रो छ । उनीहरु छुट्टी मनाउन भन्दै वेला वेलामा विदेशमा समेत पुग्ने गरेका छन् । -एजेन्सी