भूमध्यसागरीय क्षेत्र हुँदै कति शरणार्थी यूरोप आए ?

लन्डन– सन् २०१७ को जनवरीदेखि हालसम्म जम्मा ४३ हजार आप्रवासी तथा शरणार्थी भूमध्यसागरीय क्षेत्रको बाटो युरोप आएका अन्तर्राष्ट्रिय आप्रवासी शरणार्थी सङ्गठन आइओएमले जनाएको छ ।

पछिल्लो तथ्याङ्कअनुसार सन् २०१७ मा युरोप पुग्ने धेरैजसो आप्रवासी शरणार्थीको युरोप प्रवेश इटाली हुँदै भएको बताइएको छ । इटालीमा ३६ हजारभन्दा बढी शरणार्थी यस वर्षको सुरुमा नै प्रवेश गरेका थिए ।

आइओएमले यस वर्ष अहिलेसम्म गत वर्षको सोही अवधिको तुलनामा इटाली हुँदै युरोप छिर्ने आप्रवासी सङ्ख्यामा ४५ प्रतिशतले वृद्धि हो । आप्रवासीद्वारा युरोप छिर्न प्रयोग गर्ने गरेको उत्तर अफ्रिकी तथा इटालीका सामुद्रिक बाटो यात्राका लागि सबैभन्दा खतरा बाटो हो ।

सन् २०१७ मा भूमध्यसागरीय बाटो हुँदै युरोप छिर्ने क्रममा हालसम्म एक हजार ८९ आप्रवासीको मृत्यु भएको छ ।