लण्डन । पछिल्लो समयमा नेपाली हरुको बाक्लो बस्ति रहेको लण्डनको अल्पटन (Alperton) मा बस्दै आएकी एक ७६ वर्षीय नेपाली महिलाको निधन भएको छ ।
गाडीको ठक्कर बाट गम्भीर घाइते ति महिलालाई एम्बुलेन्सको सहेयोगमा अस्पताल लैजाने क्रममा निधन भएको हो ।
शनिवार दिउँसो श्रीमान सग आफ्नो घर नजिक घुम्न निस्केको थकमति पुनलाई बाटो क्रस गर्ने क्रममा गाडीले ठक्कर दिएको थियो ।
बेलायत स्थित मोना यूकेका उपाध्यक्ष खिम शेरचन का अनुसार म्याग्दीको दग्नाममा स्थायी घर भएकी मृतक पुन भूपू गोर्खा श्रीमान चन्द्रबहादुर पुनसंग लण्डनमा बस्दै आएकी थिइन् । उनका ५ छोरी र १ छोरा सबै नेपालमा छन् मृतकको शव अहिले लण्डनस्थित नर्थविक पार्क हस्पिटलमा छ ।
हार्दीक समबेदना :
यस दुखत घडिमा अध्यक्ष लगायत सम्पुर्न मोना यु के को तर्फ बाट हार्दिक समबेदना ब्यक्त गर्दै शोकसन्तप्त परीवारमा धर्यधारन गर्ने शक्ति प्रदान गरुन र मिर्त आत्माको स्वर्गमा बास होस भनि भगवान संग प्राथना गर्दछु। उहाको अनतिम क्रियाकर्मको जानकारि निकट भबिस्यमा जानकारि गराइनेछ |
खिम शेरचन
उपाधाक्षय मोना यु के
MONA UK






