मिसाइल आक्रमणबाट सिरियाको २० प्रतिशत लडाकु विमान नष्टः अमेरिका

अमेरिका । अमेरिकाले आफूहरुको मिसाइल आक्रमणबाट सिरियाको २० प्रतिशत लडाकु विमान नष्ट वा क्षतिग्रस्त भएको दावी गरेको छ ।

गत हप्ता सिरियाली शासक बशर अल असदले निकै नै क्रूर ढंगले आफ्नै नागरिकविरुद्ध रासायनिक आक्रमण गरेपछि अमेरिकाले सिरियामाथि मिसाइल प्रहार गरेको थियो ।

विद्रोही नियन्त्रित सान शेखहोउनमा गरिएको रासायनिक आक्रमणमा बालबालिकासहित ८९ जना मारिएका थिए ।

अमेरिकासहितका देशले आक्रमण रुसी सहयोगमा राष्ट्रपति असद सरकारले गरेको बताउँदै आएका छन् ।

तर सिरिया सरकारले भने आरोप अस्वीकार गर्दै आएको छ ।

अमेरिकाले रासायनिक आक्रमण लगतै सिरियाली हवाई अड्डामा ५९ वटा क्रुज मिसाइल प्रहार गरेको थियो । (एजेन्सी)