काठमाडौ, माघ ९ – १ बजे बोलाइएको संविधानसभाको बैठक बसेको छैन । केही बेरमा बस्ने तयारी छ। सत्तारुढ दलको बैठक सकिएको छ । बैठकले संविधानसभामा पेस भएको प्रक्रिाय नै अघि बढाउनुपर्ने र अर्को कोर्ष नबढाउन सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ । विपक्षी मोर्चाले भने सभामा पेस भएको प्रक्रिया फिर्ता लिएर संविधान घोषणाको नयाँ कार्यतालिका बनाउनुपर्ने माग गरेको छ । संविधानसभामा अवरोध गर्ने रणनीतिमै विपक्षी मोर्चा छन्।
१ बजे बेलाइएको संविधानसभा बैठक अझै बसेन






