लन्डन– बेलायतमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ ।
बर्मिंङहममा गत आईतबार राति ११:४० बजे कामबाट घर फर्किने क्रममा घर नजिकै आइपुग्दा बाटो पार गर्ने क्रममा तीव्र गतिमा रहेको गाडीको ठक्करबाट गुल्मीको रुरु गाविस, थोर्गा घर भएका ४५ वर्षीय दिल सुवेदीको मृत्यु भएको हो । सुवेदी श्रीमती र तीन छोरासहित बेलायतमा बस्दै आएका थिए ।
प्रहरीले मृतकको नाम सार्वजनिक नगरे पनि शान्ति नेपाली समाज बेलायतका अध्यक्ष कृष्ण ढकालका अनुसार गाडी चालक फरार छन् र खोजि जारी रहेको घटनाको बाकी विवरण आउन बाकी छ । तीव्र गतिको गाडीले हुत्याउँदा कामबाट फर्कंदै गरेका सुवेदीको घटनास्थलमै मृत्यु भएको ढकालले बताए ।
दुर्घटना गराउने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार कमल भण्डारीका अनुसार उक्त घटनापछि आफूहरु परिवारको निरन्तर सम्पर्क र सहयोगमा रहेको बताए। सुवेदीको शव प्रहरीको नियन्त्रणमा रहेको छ।
अत्यन्तै आकस्मिक घटनापछि बर्मिंङहमको सिंगो नेपाली समुदाय शोकसन्तप्त बनेको छ।






