काठमाडौं- केही विद्यार्थी संगठनको बहिस्कारकाबीच प्रर्दशनीमार्गस्थित आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मततदान भैरहेको छ ।
राजधानीको रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका क्रममा विद्यार्थी संगठनहरुबीच नै झडप भएको छ । ढुङ्गा हानाहान हुँदा केही विद्यार्थी घाइते समेत भउका छन् । चुनाव बिथोल्न खोज्ने अखिल क्रान्तिकारीका विद्यार्थीले चुनाव विथोल्न खोजेपनि झडप भएको हो ।
विद्यार्थीको एउटा समुहले पेट्रोल बम प्रहार गरेको छ । पत्रकार बसेको ठाउँमा बम हानेर विद्यार्थी भागेका थिए ।
माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका विद्यार्थीले मतदान बिथोल्नका लागि विहानैदेखि मतदानस्थलमाा ढुंगा प्रहार गरिरहेका थिए । अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।






