बेलायतस्थित नेपाली राजदूतलाई आयरल्यान्डको पनि जिम्मा

लन्डन- राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नेपाली राजदूतमा कार्यरत दुर्गाबहादुर सुवेदीलाई आयरल्यान्डका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उक्त नियुक्ति गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली राजदूतमा कार्यरत रमेशप्रसाद खनाललाई चेकगणतन्त्र, पोल्यान्ड र स्लोभाक गणतन्त्रका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ ।

त्यसैगरी उहाँले जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई गणतन्त्र मङ्गोलिया र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ ।