एमाले मेची–महाकाली अभियान सुर्खेतमा

सुर्खेत –नेकपा एमालेको मेची–महाकाली अभियान चैत ५ गते महेन्द्रनगरमा समापन भएको छ । तर यो अभियानले प्रदेश नं ६ नछोएकाले आज सुर्खेतमा आमसभा गरिँदैछ । सुर्खेतको सभालाई एमाले अध्यक्ष लगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने प्रचार विभाग सचिव विष्ण रिजालले बताए ।

सुर्खेतमा आज हुने सभामा २५ हजार भन्दा बढी जनसहभागीता हुने एमाले सुर्खेतका अध्यक्ष धुब्र शाहीले बताए ।

६ नं प्रदेशमा १० वटा जिल्ला छन् । तर आजको सभामा ८ जिल्लाका एमाले नेता कार्यकर्ताको प्रतिनिधित्व रहेन शाहीले बताए । कार्यक्रम दिउसो १ बजेबाट सुरु हुने छ ।

एमालले संविधान संशोधनबारे जनतामा यथार्थ जानकारी दिन, मधेशमा आफ्ना विरुद्ध फैलाएको भ्रम चिर्नलगायतका उद्देश्य लिएर अभियान चलाएको बताएको छ ।