दूतावासको साताव्यापी समारोह प्रारम्भ:यस्तो रह्यो पहिलो दिन [भिडियो सहित]

लन्डन– नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापना भएको द्विशतवार्षिकी पूरा भएको अवसरमा नेपाली दूतावास यूकेले साताव्यापी कार्यक्रम सुरु गरेको छ ।

मंगलबार साँझ  नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापना भएको द्विशतवार्षिकी पूरा भएको अवसरमा नेपाली दूतावास यूकेले साताव्यापी कार्यक्रम आयोजना गरेको हो ।DSC_0924

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन समुदघाटन समारोहसँगै नेपाली सांस्कृतिक महोत्सव एवं फोटो प्रदर्शनी गरियो । समुदघाटन समारोहलाई राजदूत दुर्गाबहादुर सुवेदीले सम्बोधन गर्दै दुई देशको सम्बन्धबारे चर्चा गरेका थिए ।

दूतावासका प्रवक्ता शरदराज आरणले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि ड्यूक अफ ग्लस्टर र नेपाली कांग्रेसकी सभासद डा. आरजु देउवाले समारोह उद्घाटन गरेका हुन् ।

सम्वोधनका क्रममा ड्यूक अफ ग्लस्टरले आफू नेपाल गएको स्मरण गर्दै नेपाल अत्यन्त सुन्दर मुलुक भएको र नेपालीहरु अत्यन्त सहृदयी भएको बताए ।DSC_1088

ब्रिटिश विदेश मन्त्रालयका स्थायी उपसचिव साइमन म्याकडोनेलले बेलायत नेपालबीचको सम्बन्ध आउंदो २०० वर्षसम्म पनि फस्टाउने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेसकी सभासद डा. आरजु देउवाले  नेपालको संविधानमा महिला सशक्तिकरण तथा लैंगिक समानताप्रति बलियो प्रतिवद्धता रहेको बताउंदै उनले नेपालमा प्रजातन्त्र, मानव अधिकारको संरक्षण, मातृ तथा शिशु स्वास्थ्य जस्ता क्षेत्रमा बेलायतले गरेको सहयोगको प्रशंसा पनि गरिन् ।

कार्यक्रममा बोल्दै राजदूत सुवेदीले गोर्खा सैनिक भर्ती दुबै मुलुकबीच सम्बन्धको सबैभन्दा बलियो कडी हो भन्दै उनले दुईवटा विश्वयुद्धमा झण्डै ४३ हजार गोर्खालीले ज्यान गुमाएको स्मरण गरे ।ram1

एनआरएन अगुवाहरु, नेपाली संघ संस्थाका प्रतिनिधि एवं व्यवसायीहरु, बेलायती पाहुनाहरु, सञ्चारकर्मी एवं दूतावास कर्मचारीको उपस्थिति थियो ।

सात दिनसम्म चल्ने महोत्सवमा दोस्रो दिन नेपाली पर्यटन महोत्सव, तस्बिर र कला प्रदर्शनी हुने लन्डनस्थित नेपाली राजदूतवाासले जनाएको छ । तेस्रो दिन नेपाल र बेलायत सम्बन्ध सम्बन्धी महोत्सव, तस्बिर र कला प्रदर्शनी एवं चौथो दिन साहित्यिक महोत्सव तथा पुस्तक प्रदर्शनी हुने छ ।

पाँचौ दिन नेपाली संगीत महोत्सव र नेपाली खाना महोत्सव हुनेछ भने छैटौं दिन व्यापार र लगानी महोत्सव र सातौं दिन २० मार्चमा समापन समारोह र भिक्टोयिार क्रस विजेता १३ गोर्खाहरुको तस्बिर अनावरण कार्यक्रम आयोजना गरेको दूतावासले जनाएको छ ।