
लन्डन । नेपालीहरुको बाक्लो वस्ती रहेको अल्डरसटमा शुक्रबार एक नेपाली युवकको हत्या भएको छ । अल्डरसट भिक्टोरिया रोडमा अन्दाजी ४० वर्षीया सुकमाया तामांगले २५ वर्षीय एक युवकलाई छुरा हानी हत्या गरेको स्थानीय नेपालीले जनाएका छन् ।
दुई छोरा र दुई छोरीकी आमा ति महिलाले हत्यापछि एउटा नोटमा आफूलाई बलात्कार गर्न खोजेपछि छुरा हानेर मारेको बताएको स्थानीय महिला समाजसेवी एनआरएनए यूके उपाध्यक्ष कुमारी गुरुंगले जनाइन् ।
चितवन नारायणगढ घर भएकी ति महिला हत्या गरि फरार छन् ।
प्रहरीले स्थानीयलाई घटनास्थलमा जान नदिएकाले विस्तृत विवरण आउन सकेको छैन् । घटनापछि नेपाली समुदाय स्तव्ध छ ।






