महाधिवेशनको तयारीमा जुट्यो अन्तर्राष्ट्रिय नेपाली समाज युके

लन्डन– बेलायतस्थित नयाँ शक्ति नेपाल निकट संगठन अन्तर्राष्ट्रिय नेपाली समाज युके महाधिवेशनको तयारीमा जुटेको छ । समाजले मार्च १९ मा महाधिवेशन गर्ने जनाएको छ । महाधिवेशन तयारी तीव्र भएको संगठनले जनाएको छ ।

नयाँ शक्ति नेपालको युरोप संयोजक भोला खनालको अध्यक्षतामा गत जनवरी ५, आइतबारका दिन बसेको समाजको पूर्ण कार्यसमितिको अनलाइन बैठकले उपसमितिहरु गठन गरेको छ ।

Naya Shakti_UKमहाधिवेशन विशेष समितिको बैठकमा संयोजक भोला खनाल लगायत अन्तर्राष्ट्रिय नेपाली समाजका सुरोज मास्के, थमबहादुर विश्वकर्मा, पाण्डव महतो, कर्म पहाडी, हेम गुरुङ, शकुन गुरुङ, गोपाल अधिकारी, राजु कँडेल, रुद्र ढकाल (हलोवाला), पुष्प उप्रेती, वीरेन्द्र श्रेष्ठ, रुद्र श्रेष्ठ, सुमित्रा राई, होमनाथ पौडेल, जगन कार्की, डा. भरत सिम्खडासहित विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो ।

बैठकले आगामी मार्च १९ मा हुने उक्त ऐतिहासिक अधिबेशनका लागि कर्मा पहाडी शेर्पा, धन गुरुङ, सुमित्रा राई, हेम गुरुङ, तार्बिन पोख्रेल समेतको ५ सदस्यीय विशेष केन्द्रीय व्यवस्थापन समितिको चयन गरेको छ । त्यस्तै, विधान सम्बन्धि निर्णयमा निर्वाचनका पदहरु तथा विधि पनि केन्द्रीय समितिले तोके अनुसार हुने र सोही अनुरुप अधिवेशनकै दिन विधान पारित गरी महाधिवेसन सम्पन्न गरिने समाजले जनाएको छ ।

बैठकले डा. भरत सिम्खडाको संयोजकत्वमा हाल ३ सदस्यीय निर्वाचन मण्डल गठन गरेको छ । बैठकले निर्वाचन समितिका लागि बाँकी दुई पदमा ढकबहादुर गुरुङ र थम बिकलाई सिफारिस गरेको छ ।

त्यस्तै बैठकले अधिबेशनमा लाग्ने सम्पूर्ण खर्चका लागि आर्थिक समिति पनि चयन गरेको छ । उक्त बैठकले सुरोज मास्के, राजु कंडेल, सकुन गुरुङ, कृष्ण गैरे र चन्द्र गुरुङलाई आर्थिक व्यवस्थापनको जिम्मेवारी दिएको हो ।

जन सम्पर्क तथा महाधिवेसन प्रचार प्रसार समितिमा वीरेन्द्र श्रेष्ठको संयोजकत्वमा रुद्र ढकाल ९हलोवाला० र होमनाथ पौडेललाई जिम्मेवारी सुम्पिइएको छ ।

निर्वाचन सम्बन्धि छलफलपछि निर्वाचन समितिले १२ मार्चसम्म सदस्यता शुल्क तिरेका सदस्यहरुले निर्वाचनमा भाग लिन र भोट दिन पाउने जनाएको छ ।

यस्तो छ निर्वाचन कार्यक्रम
समाजले १३ मार्चमा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, १४ मार्चमा दावी विरोध गर्न पाइने र १५ मार्चमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने जनाएको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय नेपाली समाज यूकेको महाधिवेशन सम्बन्धि थप छलफल तथा निर्णयहरु अर्को बैठकमा टुंगो लगाइने समाजका महासचिव जगन कार्की जानकारी दिए ।

समाजको अर्को बैठक आगामी फेब्रुअरी २६ तारिख, २०१७ बेलुकी ४ देखि ६ बजेसम्म हुने भएको छ ।