लन्डन । नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएर सदाबहार चलिरहने लोकदोहोरी चर्चित गायक प्रकाश कटुवालले यस पटक “सातो पुत्लो गयो “बोलको नयाँ लोकदोहोरी गीत सार्वजनिक गरेका छन ।
उक्त गीतमा सुमधुर आवाजका धनि गायक प्रकाश कटुवाल र भुमिका गिरीको आवाज रहेको छ भने बिनोद ढकालले शब्द लेखेका छन् ।
दुर्गा पौडेलको छायाँकन रहेको गीतको सम्पादन नबिन घर्ति मगरले गरेका छन् । म्युजिक भिडियोलाई दीपक एम सिंहले निर्देशन गरेका हुन ।






