पर्यटन व्यवसायी रिजाल र पाठकलाई लन्डनमा स्वागत कार्यक्रम

लन्डन– प्रवासी नेपाली मञ्च यूकेले २८ जनवरी शनिबारका दिन नेकपा एमाले पर्यटन विभागका सचिव, टानका अध्यक्ष तथा नेपाल पर्यटन व्यवसायी महासंघ का केन्द्रीय अध्यक्ष चन्द्र रिजाल तथा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य, नेकपा एमाले पर्यटन विभागका सदस्य श्याम पाठकको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरेको छ ।

स्थानीय सारस रेष्टुरेण्ट नर्थ ह्यारोमा भएको कार्यक्रममा मञ्चका अध्यक्ष रामशरण सिम्खडा तथा संस्थापक अध्यक्ष आङगकल्जंग लामाले खादा तथा मायाको चिनो प्रदान गर्दै स्वागत गरे ।

कार्यक्रममा रिजालले एमालेको पर्यटन प्रबर्धन कार्यक्रम, टानका गतिविधि तथा योजनाबारे प्रकाश पारे । उनले बेलायती पर्यटक आकर्षण गर्न चाल्नुपर्ने कदमका बारेमा पनि धारणा राखेका थिए ।

संक्षिप्त स्वागत तथा अन्तरकृया कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार आंगकल्जंग लामाले समेत मन्तब्य राखे ।

कार्यक्रममा मञ्चका उपाध्यक्ष रविन्द्र कँडेल, सल्लाहकार राजेन्द्र पुडासैनी, सचिवालय सदस्य सरस्वती केसी, मञ्चका सदस्य महेन्द्र केसी, अनिता केसी, बलबहादुर रायमाझी, मिलन केसी, पुजा लिम्बु, गंगा क्षेत्री, मनोज केसीसमेतको उपस्थिति थिए ।