काठमाडौं– त्रिशूलीबाट जथाभावी निकालियो ढुंगा बालुवा निकाल्न सुरु भएपछि स्थानीयबासीले ‘हेलो सरकार’मा उजुरी दिएका छन् ।
जथाभावी ढुंगा र बालुवा निकाल्दा नदी धमिलो र रातो बग्न थालेको तथा कुरुप देखिएको भन्दै स्थानीयबासी आक्रोसित भएका हुन् । प्रशासनको अनुमतिसमेत नलिई ढुंगा बालुवा निकाल्ने कार्यमा राजनीतिक दलको स्थानीय नेतृत्व पनि सामेल रहेको अनुमान गरिएको छ ।
‘राजनैतिक दलहरुले प्रकृतिलाई दोहन गरी भागबन्डा गरेर एकआपसमा बाँडीचुडी खाएकोले नै तस्करी रोक्न नसकिएको हो,’ एक स्थानिय युवा भन्छन्, ‘समयमा नै तस्करी रोक्न नसके त्रिशुलीको सुन्दरता हराउनुका साथै राज्यकोषमा जम्मा हुने राजश्व समेत हराउँदै जानेछ ।’
यसैबीच हेलो सरकारमा उजुरी गरेपछि स्थानीय विकास मन्त्रालयले यस विषयमा अध्ययन गर्न नरहरि भण्डारी र दीपेन्द्र रेग्मीलाई कारवाही अधिकृत तोकिएको बुझिएको छ ।






