काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संयुक्त सरकारको आयु लम्बिने भएको छ ।
आगामी वैशाखमा सरकार परिवर्तन गर्ने हल्ला आइरहेकाबेला सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनपछि सरकार परिवर्तन हुने दाबी गरेका छन् ।
शुक्रबार प्रेस युनियन चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी चैतमै सरकार नफेरिने दाबी पनि गरे ।
निर्वाचन विधेयक पारित भएपछि संविधान संशोधन प्रस्तावमाथि छलफल अघि बढ्ने भन्दै उनले मुलुक निर्वाचनतर्फ अघि बढिसकेको बताए ।
निर्वाचन विधेयक पारित गर्न ढिलाइ भएकाले निर्वाचनसमेत ढिलो भएको उनको भनाइ थियो ।






