काठमाडौं– एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपाल, भारत र चीन दुवै छिमेकी विरोधी हुन नसक्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय सरोकार केन्द्रको आयोजनामा माधव श्रेष्ठ र डा अञ्जान शाक्यले सम्पादन गरेको ‘नेपाल–भारत सम्बन्धमा नयाँ आयाम र उत्तरदायित्व’ शीर्षक पुस्तकको काठमाडौंमा आयोजित कार्यक्रममा लोकार्पण गर्दै उनले नेपाल दुवै छिमेकी देशसँग सुमधुर सम्बन्ध राखेर अगाडि बढ्ने बताए ।
नेपालले आफ्नो सार्वभौमसत्तालाई टेकेर दुई देशबीच समान सम्बन्ध कायम राख्नुपर्ने बताउँदै उनले भने, ‘सानो देशको सार्वभौमसत्ता सानो हुँदैन, तीन देशको आआफ्नै सार्वभौमसत्ता हुन्छ ।’
भारतीय आन्दोलनमा नेपाली दाजुभाइले अह्म भूमिका निर्वाह गरेको बताउँदै उनले नेपालको संविधान बनाउन छिमेकीले त्यति गहन रुपमा चासो लिन आवश्यक नभएको स्पष्ट गरे ।






