ताप्लेजुङमा अपराधी र प्रहरीबीच दोहोरो गोली हानाहान:

Gun-Shot-300x128

ताप्लेजुङ । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका अपराधी पक्राउ गर्न जाँदा ताप्लेजुङमा अपराधी र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ ।

स्थानीय राम तामाङको हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गरेका तीन महिना यतामात्रै चार पटक उनलाई पक्राउ गर्ने प्रयास असफल भइरहेको प्रहरीले बताए|

ताप्लेजुङको साँवा गाविसमा प्रहरी र अपराधीबीच शनिबार बिहान साढे चार बजे गोली हानाहान भएको प्रहरी जवान पूर्णराज राईले जानकारी दिए । उनका अनुसार सर्वाधिक खोजीका मण्डेला लिम्बूलाई पक्राउ गर्न विहानै उनको घर घेरेका प्रहरीलाई लक्षित गरी गोली प्रहार भएपछि प्रहरीले पनि जवाफइी फायरिङ गरेको हो । दोहोरो गोली चलेपनि कुनै मानवीय क्षेति भने नभएको राईले बताए ।

घर घेरेको सुइँको पाएका मण्डेला फायरिङ गर्दै घरको माथिल्लो तलाबाट हाम फालेर भागेको प्रहरीले बताएको छ ।