किन नेपाल जाँदैछन् लन्डनका लर्ड मेयर ?

लन्डन– लन्डनका लर्ड मेयर डा. एन्ड्रयु पार्म नेपालको चार दिने भ्रमणमा जाने भएका छन् ।

जनवरी २१ मा ४ सदस्यीय टोलीको नेतृत्व गर्दै लर्ड मेयर एन्ड्रयु पार्म नेपाल जान लागेका हुन् । जनवरी २४ सम्म उनी नेपालमै रहने बताइएको छ ।

नेपाल र बेलायतबीच कुटनीतिक सम्बन्ध कायम भएको दुई सय वर्षगाँठका अवसरमा नेपाल भ्रमण गर्न लागेका एन्ड्रयु पार्मले अर्थमन्त्री कृष्णबहादुर महरा, ऊर्जामन्त्री जनार्दन शर्मा, राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलगायतसँग भेट गर्ने कार्यक्रम छ ।

नेपाल भ्रमणअघि लन्डन लर्ड मेयरले बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीसँग भेट गरेका छन् ।