काठमाडौं- प्रहरीले सुन तस्करीमा मिलेमतो र संलग्नताको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका २ अधिकृत पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फरक फरक स्थानबाट आरोपी अधिकृतद्वय श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो ।
विमानस्थल भन्सारका महानिर्देशक शिशिर ढुंगानाले भने आफ्ना कर्मचारीलाई पक्राउ गरेकोबारे थाहा नभएको बताए ।






