सर्वपक्षीय सभाबाट संविधान

नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले वर्तमान संविधानसभा विघटन गरी अधिकार सम्पन्न सर्वपक्षीय सभाबाट संविधान जारि गर्न माग गर्नुभएको छ । जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आन्दोलनका उपलब्धिलाई थाँती राखी जारी हुने संविधान आफूहरुलाई मान्य नहुने जिकिर गर्नुभयो ।
उपाध्यक्ष गजुरेलले भन्नुभयो, “जबसम्म विगतका उपलब्धि तथा सबै वर्गको अधिकार सुनिश्चित भएको संविधान जारी हुदैन तबसम्म हाम्रो आन्दोलन जारी नै रहन्छ ।”