टोपबहादुरले प्रचण्डलाई सार्वजनिकरुपमै चेतावनी दिए

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सार्वजनिकरुपमै चेतावनी दिएका छन् ।

संशोधन विद्येयक तत्काल फिर्ता लिनुपर्ने बताएका उनले संसदको प्रक्रियामा अघि बढाए आफूले विपक्षमा मतदान गर्ने उनले चेतवनी दिए । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा माओवादी नेता रायमाझाीले भने, ‘यो संशोधन प्रस्तावले न जनताको नै हित गर्छ, न राष्ट्रको नै । यो सीमांकन हेरफेरको विषय त झनै संघीयताको मर्म र भावना विपरित छ ।’

यथास्थितिमा आफूले यो प्रस्तावको कुनै हालतमा समर्थन नगर्ने भन्दै भने, ‘एमालेले मात्रै होइन, हामी सरकारमा भएका पनि यो प्रस्तावको विपक्षमा छौं ।’

सरकारले ल्याएको प्रदेशको सीमांकन हेरफेरको प्रस्तावले मधेसी मोर्चाको माग पूरा हुनै नसक्ने रायमाझीको दाबी छ ।