१ अर्ब ६० करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका सुधीर बस्नेत पक्राउ परेका छन् ।
अदालतको फैसला कार्यान्वयन इकाइ, काठमाडौं प्रहरी र अपराध महाशाखाको टोलीले बस्नेतलाई काठमाडौंको धापासीस्थित आफ्नै घरमा सुतिरहेका बेला गएराती ११ बजे पक्राउ गरेको हो ।
लामो समय भारतमा लुकेर बस्दै अाएका उनी हिजो मात्र घर अाएका हुन्। उनले हाउजिङ व्यवसायका लागि सर्वसाधारणसँग करोडाै रकम लिएका लिए। बैकहरुबाट पनि ऋण लिएका थिए।
ऋण लिने र नतिर्ने गरेपछि उनी भूमिगत जस्तै भएका थिए।






