काठमाडौं ४ माघ । राप्रपा नेपालको र्यालीमा प्रहरीले लाठिचार्ज गरेको छ । संविधानसभा भवन घेराउ गर्न भन्दै बबरमहलबाट राप्रपा नेपालले र्याली निकालेको थियो ।
नयाँबानेश्वर चोक वरै प्रहरीले तोकेको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । र्यालीको नेतृत्व अध्यक्ष कमल थापाले गरेका थिए ।
अहिले राप्रपा नेपालको जुलुसलाई प्रहरीले तितरबितर पारेको छ ।
नयाँ संविधानमा हिन्दु राष्ट्र सुनिश्चित गर्न तथा धर्मनिरपेक्षता, गणतन्त्र र संघियताबारे जनमत संग्रह गर्न माग गर्दै राप्रपा नेपालले प्रदर्शन गरेको हो । ‘हिन्दु राष्ट्रको सुनिश्चितताका लागि सशक्त जन दबाव दिन संविधानसभा भवन घेराऊ गरौं’ भन्दै कमल थापाले एसएमएस मार्फत् सन्देश प्रवाह गरेका थिए ।






