काठमाडौं– आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुईअन्तर्गत युगान्डासँगकाे खेलमा नेपालले पहिलो सफलता पाएको छ। कप्तान पारस खड्काले १३ रन बनाएका राेजर मुसाकालाई अाउट गरेका छन्। नामिबियाको एफिज पार्कमा भइरहेको खेलमा ११ अोभर सकिँदा युगान्डाले १ विकेटको क्षतिमा ३५ रन बनाएको छ। नेपाली टोलीमा पारस खड्का, विनोद भण्डारी, नरेश बुढाएर, शक्ति गौचन, सोमपाल कामी, करण केसी, सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, सागर पुन, वसन्त रेग्मी र शरद भेषावकर खेलिरहेका छन्।
युगान्डाविरुद्ध नेपाललाई पहिलो सफलता, पारसले लिए विकेट






