सुन्दर भएकै कारण रातारात इन्टरनेटमा भाइरल भएका पाकिस्तानी ‘चायवाला’ को चर्चा चाँडै सेलाउने देखिदैंन। हालै उनले एक कीर्तिमान नै राखेका छन् जसका बारेमा सुनेर सबै चकित भएका छन्।
पाकिस्तानका चिया व्यापारी अर्सद खान एसियाका ५० आकर्षक (सेक्सीएस्ट) पुरुषको सूचीमा परेका छन्। यसले उनको चर्चा र लोकप्रियता झन् बढाएको छ। रोचक कुरा के छ भन बलिउड अभिनेताहरु सलमान, शाहरुख जस्ता ह्याण्डसम स्टारहरु समावेश भएको यो सूचीमा उनको नाम पनि परेको हो। यो सूचीमा उनी ३१ औं स्थानमा परेका छन्।
लण्डनको इस्टर्न आइ नामको पत्रिकाले सार्वजनिक गरेको यो सूचीमा फवाद खान, ऋतिक रोशन, रणवीर सिंह, शाहीद कपुर जस्ता बलिउड हस्ती समावेश छन्। पाकिस्तानमा चिया पसल चलाइरहेका अर्सदको फोटो जीया अली नामकी फोटोग्राफरले फेसबुकमा राखेपछि अर्सदको चर्चा चुलिएको थियो। त्यसपछि मोडलसम्म बनेका उनको नाममा गीत नै बनेको छ।






