स्यालले मा¥यो ४ वर्षिया बालिकालाई

रौतहट,३ माघ । रौतहटस्थित स्यालको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ । जिल्लाको पश्चिमी भेग सन्तपुर दोस्तिया गाविस ७ का मनोज साहको ४ वर्षीया छोरी रुबी कुमारीको स्यालको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
मनोज साहको घर नजिकै रहेको उखुघारीमा शनिबार साँझ रुबीकुमारी मृत फेला परेकी थिइन् । मृतक बालिकाको घाँटीमा गहिरो घाउ देखिएकाले स्यालले टोकेर मृत्यु भएको घटना प्रकृतीबाट देखिएको एसपी सानुबाबु थपलियाले बताएका छन् । बालिका विगत तीन दिन देखी हराइरहेकी र शनिवार साँझ मृत फेला परेको एसपी थपलियाले जनाएका छन् ।
मृतकको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल गौर ल्याइएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।