लन्डन– अल्डरसटमा नयाँ ब्युटी पार्लर सुरु भएको छ ।
‘हयाप्पी डेज’ फिल्म छायांकनका क्रममा हाल बेलायत रहेकी नायिका प्रियंका कार्कीले अल्डरसट स्टेसन रोडमा सञ्चालित ‘दि हेयर पोर्ट हेयर एण्ड ब्युटी सलुन’ उद्घाटन गरेकी हुन् । ब्युटी थेरापिस्ट टिकादेवी गुरुङ र उनकी हेयर ड्रेसर छोरी प्रेक्षा बस्नेतले उक्त पार्लर सञ्चालन गरेका हुन् । उनीहरुको सन् २०१३ देखि त्यही नाममा लन्डनमा पनि सलुन सञ्चालित छ ।
रिबन र केक काटेर उद्घाटन गरेपछि व्यवसायिक सफलताको शुभकामना दिंदै प्रियंकाले बेलायतमा नेपाली व्यवसाय विस्तार भएकामा खुशी व्यक्त गरिन् ।
सलुनमा सबै उमेर, वर्गका ग्राहकका लागि हेयर कटिङ, हेयर स्टाइलिङ, कलरिङ, मेक अप, ब्राइडल प्याकेज, स्किन केयर, मेनिकयूर, पेडिकयूर, नेल आर्ट आदि सेवा उपलव्ध छ ।






