सुजन पराजुली,
१८ मङ्सिर २०७३
काठमाण्डौ यूट्युब हिट कपलको रुपमा परिचित भिजे-प्रितीको ‘आइ लभ यु’बोलको गीतको भिडियो एक कार्यक्रमका बिच सार्वजनिक भएको छ । मुस्ताङ लगायत काठमाडौंका बिभिन्न ठाउँमा शुटिङ गरिएको भिडियोको निर्देशन गायक तथा संगीतकार बिजय घिमिरे स्वयमले गरेका छन ।
आकर्षक शैलीमा प्रस्तुत भिडियोमा घिमिरेको अलावा श्रीमती प्रिती सँगै प्रमिता राना, ज्योत्सना योगीको बेजोड अभिनय रहेको छ । सार्वजनिक कार्यक्रममा उपस्थित संगीतकर्मीले घिमिरेले गरेको कार्यको प्रसंसा गरे । अत्याधुनिक प्रबिधीको प्रयोग सँगै भिडियो बजारमा ल्याएको छु,मुल्याङकन गर्ने जिम्मा दर्शकलाई नै दिएको छु ‘घिमिरेले भने’ । गीतमा शब्द संगीत पनि विजयको नै रहेको छ भने संजीत श्रेष्ठले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन । उक्त गितको भिडियो भने निर्देशक रोहन नेपालीले गरेका छन
यूट्युबबाट नै आफ्नो साङितिक यात्रा सुरु गरेका भिजे-प्रितीको चर्चा दिनानुदिन चुलिदो छ । करिब ३५००० सब्स्क्राइबर रहेको उनिहरुको यूट्युब च्यानल मार्फत बिभिन्न शैलीका नया – पुराना गितको म्यासअप कभर गीत बाट अझ चर्चित छ यो जोडी । लण्डनमा स्थाइ बसोबास गर्दै आएको यो जोडीले गतमहिना मात्र नेपाल भ्रमणका क्रममा पोखरा सहित करिब आधा दर्जन स्थानमा कार्यक्रम गर्यो,दर्शक स्रोताको अत्यधिक साथ पाएकोमा दङग छन उनिहरु । आउँदा दिनहरुमा अझ फरक ढंगमा प्रस्तुतभै नेपाली संगीत क्षेत्रमा नयाँ आयाम ल्याउने कुरामा ढुक्क रहेको बताउछन घिमिरे । उनी भन्छन यो त ट्रेलर मात्र हो आउँदादिनमा दर्शकलाई फरकपन दिन सदा तत्पर रहनेछु ।






