नेपाली पोर्तुगिज समाज नर्वेको साधारणसभा सम्पन्न

 Mohan Nepal Norvyaओस्लो । नेपाली पोर्तुगिज समाज नर्वेले आफ्नो प्रथम वर्षिक साधारणसभा तथा विविध सांस्कृतिक कार्यक्रम गरी सम्पन्न गरेको छ । एनआरएनका कार्यबाहक अध्यक्ष कुमार पण्डितले पानसमा बत्ति बाली उद्घाटन गरेको साधारण सभा प्रेम परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

जन्म भूमि र कर्म भूमिको विशेष पहिचान, सबै मिलि समाजको सेवा गर्ने हाम्रो अभियान भन्ने मूल नाराका साथ प्रथम साधारण सभा कार्यक्रम उद्घाटन र बन्द सत्र गरी दुई चरणमा राखिएको थियो । समाजका महासचिव रत्नप्रसाद सापकोटाले सञ्चालन गरेको कार्यक्रममा महासचिवद्वारा वर्षिक प्रतिवेदन र नारायण पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नर्वेमा स्थापित नेपालीहरुको सामाजिक संस्था गैरआवासीय नेपाली संघ र अन्य सामाजिक संस्थाका प्रतिनिधि, नेपालबाट आएका नेपाली कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे तथा टेकराज पौडेल, जनसम्पर्क समिति स्पेनका निवर्तमान अध्यक्ष चिन्तामणि सापकोटा अतिथिलगायत करिब एक सय ५० जनाको उपस्थिति थियो ।

समाजको कार्य समितिमा सचिवमा नारायण सिंह थापा, सदस्य ट्रेसी अर्याल ज्ञानेन्द्र लामा र प्रकाश बराललाई सदस्यमा थप गरी कार्य समिति बिस्तार गरिएको छ ।

सभा बिसर्जन पछि नेपाली परिकारको स्वादमा रमाउदै नेपाली सांस्कृति झल्कने खालका बिभिन्न संगीतमा पुरुष महिला तथा बाल नृत्य गरी भरपुर मनोरंजन लिदै कार्यक्रम समाप्त गरिएको थियो । सांस्कृति कार्यक्रम मोहन नेपाल र सुरेश सापकोटाले संचालन गर्नु भएको थियो ।

हरिबहादुर बाँनिया अध्यक्ष रहेको नयाँ  कार्य समितिमा उपाध्यक्ष प्रेम परियार  र मोहन नेपाल, सहसचिव रत्नप्रसाद सापकोटा, सचिव नारायण सिंह थापा र कोषाध्यक्ष विकाश दवाडी छन् ।

यस्तै, अन्य सदस्यहरुमा मोहन बस्याल, भुवन श्रेष्ठ, जीवन शाही, प्रकाश बराल, बिष्णुप्रसाद सापकोटा, ट्रेसी अर्याल, माया खड्का र जयप्रसाद मैनाली छन् ।