काठमाडौं २ माघ । उद्योगमन्त्री महेश बस्नेतले गुण्डागर्दीको प्रमुख श्रोत निर्माण व्यवसाय भएकोले त्यसलाई रोक्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ । उहाले देशमा गण्डागर्दी रोक्ने काममा सहयोग गर्न निर्माण व्यवासयी महासंघलई आग्रह गर्नुभएको छ । ‘गुण्डागर्दीको ८० प्रतिशत भन्दा बढी श्रोत निर्माण व्यवासाय बन्यो, – निर्माण व्यवासायी महासंघको प्रतिनिधीमण्डलसंग मन्त्री बस्नेतले भन्नुभयो – ‘सरकार त्यस्ता विकृतिको विरुद्ध सशक्त रुपमा लागेको छ, तपाईहरुले पनि सहयोग गर्नुप¥यो ।’ निर्माण व्यवासायलाई उद्योगको मान्यता दिन माग गर्दै पुगेको व्यवसायीको नयाँ कार्यसमितिसंग उहाँले यस्तो भन्नुभएको हो ।
यसअघि भक्तपुरलाई गुण्डागर्दीमुक्त बनाउन पहल गरेको स्मरण गर्दै उहाँले अव देशलाई ने गुण्डागर्दीमुक्त बनाउने अभियान चलाउने बताउनुभयो । मन्त्री बस्नेतले निर्माणको क्षेत्रमा गुण्डागर्दी रोक्न सामुहिक पहल गरेमा दलका गुण्डागर्दी पनि हटाउन सकिने बताउनुभयो । ‘सामुहिक पहल गरेर यहाँभित्रका विकृति हटाउँ,’ उहाले भन्नुभयो – ‘यसले निर्माणमा शुद्धता ल्याउँछ, विकृतिमात्र हट्दैन दलभित्रका गुण्डागर्दी पनि हट्छ ।’
उहाँले निर्माणका विषयमा अन्य विकासे मन्त्रालय गम्भिर नभएकोले अहिले धेरै समस्या समाधान हुन नसकेको बताउनुभयो । क्रसरका विषयमा स्थानीय विकास, वातावरण र अन्य सरोकारवाला मन्त्रालयको समन्वय नहुँदा विकल्प खोज्न नसकिएको उहाँको भनाई छ । ‘स्थानीय विकास, बन र वातावरण मन्त्रालय त्यति सिरीयस छैनन,’ उहाँले भन्नुभयो – ‘अरु सरोकारवाला मन्त्रालय पनि हामीजत्तिकै गम्भिर हुने हो भने ६ महिनाभित्र विकल्प भेटिन्छ ।’ उहाँले निर्माण व्यवसायलाई उद्योगको मान्यता दिने प्रतिवद्धता समेत जनाउनुभयो ।
गुण्डागर्दीको ८० प्रतिशत स्रोत निर्माण व्यवसाय






