उपत्यकाका विद्यालयमा बम आतंक : प्याब्सन र एन प्याब्सनद्वारा विद्यालय बन्द गर्ने चेतावनी

ljBfnosf 9f]sfdf ad/fhwfgLsf] af}4 If]qdf /x]sf] afn;+;f/ :s'nsf] 9f]sfdf dªunaf/ laxfg zªsf:kb j:t' e]l6Pkl5 ;f] :yfgdf /flvPsf] k|];/ s's/ ad g]kfnL ;]gfsf] ad l8:kf]hn 6f]nLn] lgliqmo kfb}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं– निजी तथा आवासीय विद्यालयहरुका संगठन प्याब्सन र एन प्याब्सनले सरकारले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था नगरे विद्यालय नै बन्द गर्ने चेतावनी दिएको छ ।

एकाविहानै भएको बम आतंकपछि प्याब्सन र एन प्याब्सनले मंगलबार संयुक्त बैठक गरेर विद्यालयहरुको सुरक्षालाई राज्यले बेवास्ता गरेका कारण बम विष्फोटका घटना भएको निष्कर्ष निकाली सुरक्षाको भरपर्दो प्रबन्ध नगरे विद्यालय नै बन्द गर्ने चेतावनी दिएका हुन् ।

विभिन्न राजनीतिक दल सम्बन्ध भातृ संस्थाहरुले चन्दाका लागि आफूहरुसामु अनेक माग राखेर धम्की दिने गरेको विषयमा शिक्षा मन्त्रालयलाई पटक पटक जानकारी गराएपनि मन्त्रालयले आफ्ना कुरा बेवास्ता गरेको र त्यसकै परिणाम बम आतंक सिर्जना भएको प्याब्सन र एन प्याब्सनको निष्कर्ष छ ।

उच्च माध्यमिक विद्यालय संघ (हिसान) का पदाधिकारी समेत सहभागी बैठकले सुरक्षाको प्रत्याभति दिलाउन र बम आतंक गराउनेलाई कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

बैठकले बम आतंकको भत्र्सना गर्दै आतंकमा संलग्नलाई कुनै पनि वहानामा उन्मुक्ति नदिन र विद्यार्थीहरुले भयरहित वातावरणमा पढ्न पाउने व्यवस्था सुनिश्चित गर्न समेत सरकारसँग माग गरेको छ ।