विदेशीले खटाएका २/४ जनाले संविधानलाई मन पराएनन् : केपी ओली

भक्तपुर – नेकपा एमालेका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानलाई विदेशीले खटाएका दुई चार जनाले मात्र मन नपराएको दाबी गरेका छन् ।
युवा संघ नेपाल भक्तपुर २ नं. क्षेत्रीय कमिटिले आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै उनले भने ‘९२ प्रतिशत जनप्रतिनिधिले हस्ताक्षर गरेको संविधान कसरी स्वीकार्य भएन ?’

अनेक नाममा संविधान कार्यान्वयन गर्न नदिने पक्षलाई नेपाली जनताले खबरदारी गर्ने समय आएको ओलीले बताए ।

अर्को प्रसंगमा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राम्रो कार्य गर्न भारत भ्रमण नगएको दाबी गरे । उनले भारतसँग संविधान संशोधनको विषयमा प्रचण्डले कुरा गर्नु गल्ती भएको समेत बताए ।
अन्तराष्ट्रिय मामिलामा भारतको पछाडी लाग्छु भन्नु प्रधानमन्त्री दाहालले नेपालको विदेश निति जिम्मा लगाए जस्तो भएको ओलीको भनाई छ ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य अग्नी खरेलले पहाडलाई तराईसंग सम्बन्ध बिच्छेद गर्ने कामको लागि गरीने संविधान संशोधनलाई एमालेले साथ नदिने बताए ।

यस्तै पुर्व मन्त्री महेश बस्नेत, एमालेले केन्द्रिय सदस्य निरु पाल, सांसद केदार संन्जेल, एमाले भक्तपुर जिल्ला उपाध्यक्ष बचन देउजा लगायतले संविधानको कार्यान्वयनमा सबैले एकजुट भएर लाग्नु पर्ने धारणा राखे ।