बेलायतमा ‘छक्का पञ्जा’ को सानदार प्रदर्शन (फोटो फिचर)

xkaa-014

लन्डन– एक सातामै ५ करोडभन्दा बढी नाफा कमाएको फिल्म ‘छक्का पञ्जा’ले बेलायतमा पनि सानदार प्रदर्शन सुरुवात गरेको छ । दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा’ बेलायतको अल्डरसटमा शनिबारदेखि प्रदर्शन सुरुवात भएको छ ।xkaa-011

१७ सेप्टेम्बर साँझ ६ बजे प्रिन्सेस हलमा भएको एक कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए)का यूरोप संयोजक कुल आचार्यले शुभारम्भ गरे । उनले नेपालमाजस्तै बेलायतमा पनि ‘छक्का पञ्जा’ले राम्रो सफलता पाउने आशा व्यक्त गरे । xkaa-017

आयोजक नेपलिज इन्टरटेन्मेन्ट यूकेका वीरेन खड्काले नेपालमा प्रदर्शन भएको साता दिनभित्रै बेलायतका नेपाली चलचित्रप्रेमीलाई उक्त चर्चित फिल्म देखाइएको जानकारी दिए । खड्कासँगै आयोजक समूहका राजेन्द्र गुरुङ, अनिल मल्ल र दीपक खड्काले फिल्म ‘छक्का पञ्जा’ बेलायत ल्याउन पहल गरेका थिए ।xkaa-020

दीपाश्री निरौलाको पहिलो निर्देशनमा बनेको उक्त फिल्मले रेमिटेन्समाथि निर्भर नेपाली समाजमा त्यसले ल्याएको सामाजिक विचलन पक्ष समेटेको छ । फिल्ममा प्रियंका कार्की, दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, बुद्धि तामाङ, केदार घिमिरे, वर्षा राउत लगायत ६० कलाकार छन् ।xkaa-025

गत शनिबार काठमाडौंको चाबहिलस्थित गोपीकृष्णको ६ वटै हलमा छक्का पञ्जा हाउसफूल भएको थियो । यसअघि कुनै पनि फिल्म गोपीकृष्णका ६ वटै हल हाउसफूल भएर प्रदर्शन भएको थिएन ।

दीपक–दीपा समूहले बनाएका ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ पनि खुब चर्चित भए । यी दुवै फिल्म बेलायतमा प्रदर्शन भइसकेका थिए ।