आफ्नै बाबुको हत्या गरी फरार भएका भनिएका रामपुर गाविस–२ का द्रोण वलीलाई प्रहरीले आज पक्राउ गरेको छ । आफ्नै बाबु धनबहादुरको गत बुधबार राति हत्या गरी फरार रहेका भनिएका उनलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घरमा सामान्य विवादको विषयलाई लिएर आफ्नै बाबुलाई अभियुक्तले दाउराले टाउकामा हिर्काउँदा धनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो ।
यसैबीच दाङ प्रहरीले आज तीन किलो लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम महत गाविस–१ का फुर्सी बुढा छिन् । उनलाई घोराही बजारमा हिँडिरहेको अवस्थामा शङ्का लागेर जाँच गर्दा सो परिमाणको चरेस फेला परेको प्रहरीले जनाएको छ ।
बाबुका हत्याका अभियुक्त पक्राउ






