थापा र गुरुङलाई ‘आमा’ को सम्मान

लन्डन– एसियन महिला एसोसिएसन (आमा)ले अभियन्ताद्वय समाजसेवी एवं गैर आवासीय नेपाली संघ यूके उपाध्यक्ष शान्ति थापा कुँवर तथा इभेन्ट एण्ड आइडियाजकी निर्देशक शान्ति गुरुङ लाई सम्मान गरेको छ ।e5

शनिबार अल्डरसटस्थित एम्पायर बैंक्यूटिङ हलमा भएको कार्यक्रममा आफ्नो समूदायका लागि उल्लेख्य योगदान गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा ११ औं तीज पार्टी भव्य रुपमा मनाइएको थियो ।

करिब ६ सय महिला सहभागी उक्त कार्यक्रममा अध्यक्ष अम्बिका खड्काले हिन्दू महिलाहरुलाई तीजको शुभकामना दिइन् । अध्यक्ष खड्कासहित २० जना सदस्यहरु अमिता बेल्वासे, विभा गुरुङ, कल्पना (जिना) गुरुङ, सृजना पौडेल, मैया केसी, रिता क्षेत्री, मिना राउत, रमा बानिया, रोजिना प्रधान राई, शान्ति थापा, मन्जु सापकोटा, सन्जु रायमाझी श्रेष्ठ, लक्ष्मी कुँवर, निमा क्षेत्री, विश्वलक्ष्मी थापा, कल्पना चेम्जोङ, रचना थापा, कल्पना गुरुङ र अन्जु थापा कार्यक्रम सफल बनाउन खटिएका थिए ।e6

उक्त अवसरमा आमाले विगत जस्तै तीन पुस्ताबीच नृत्य प्रतिष्पर्धा समेत गराएको थियो जसमा वेष्ट डान्सर हजुरआमा, वेष्ट डान्सर आमा र वेष्ट डान्सर छोरी विद्या थिए ।

कार्यक्रमका दौरान आकर्षक पुरस्कारसहित राफल चिट्ठा समेत खेलाइयो जसमा प्रथम पुरस्कार आमाले प्रायोजन गरेको तिलहरी थियो भने दोश्रो पुरस्कार गोर्खा ज्वेलर्सकी सृजना पौडेलले प्रायोजन गरेको जन्तर र तेश्रो पुरस्कार ४ आना कांचो सुन थियो, जसलाई आमाकी सदस्य कल्पना चेम्जोङले प्रायोजन गरेकी थिइन् ।

एसोसिएसनले वर्षेनी गर्ने तीज कार्यक्रमबाट बचेको रकम महिला र बालबालिकाका लागि समर्पित च्यारिटीमा खर्च गर्दै आएको छ ।