नेपलिज आर्टिष्ट एसोसिएसन यूकेको नृत्य प्रतियोगिता सम्पन्न:भिडियाे सहित

लन्डन– नेपलिज आर्टिष्ट असोसिएसन यूकेले आइतबार लन्डनमा बेलायतस्थित नेपाली बालबालिकाबीच नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

ह्यारो बरो फुटबल क्लवमा ७ देखि १६ वर्ष सम्मका ६ जना बालबालिका सहभागी उक्त प्रतिष्पर्धामा इश्मी थापामगर प्रथम, सुरगना शाही द्धितिया र प्रतिष्ठा त्रिपाठी तृतीय भए । रिमा भण्डारीले सान्त्वना पुरस्कार पाइन् ।

कार्यक्रमका प्रमुख अतिथि सोलिसिटर राजु थापा, विशेष अतिथि लन्डनस्थित नेपाली दूतावासका अट्याची तेजेन्द्र रेग्मी, असोसिएसन अध्यक्ष अजयशेखर प्रधान र महासचिव देवानन्द सैंजुले विजेतालाई नगद पुरस्कार र सर्टिफिकेट प्रदान गरे ।
y1

कार्यक्रममा एनआरएन यूकेका पूर्वमहासचिव एवं लन्डन नेपाल न्यूज डट कमका प्रबन्ध निर्देशक आर.के. त्रिपाठी, नेपाली नर्सिङ एसोसिएसनकी उपाध्यक्ष प्रसुना कँडेल, पत्रकार महासंघ यूकेका सचिव शिव भण्डारी, पत्रकार विमला सेने अतिथि थिए ।

देवानन्द सैंजुले स्वागत मन्तव्य राखेको कार्यक्रममा गीता गीता थापा, सनमकुमार बैराग, सुरेश श्रेष्ठ र ध्रुुव दत्त निर्णायक भूमिकामा थिए ।

कलाकार एवं व्यवसायी मनिष श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा असोसिएसन अध्यक्ष प्रधानले बालबालिकाभित्र रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता गरिएको जनाए ।

तर, तीज पर्व परेका कारण अभिभावक व्यस्त हुँदा धेरै बालबालिका सहभागी हुन नसकेको बताउँदै उनले आगामी वर्ष वृहत सहभागिता गराइने जनाए । प्रतियोगितामा नृत्यसहित असोसिएसनकै डमर सुब्बा, सुनिल सुब्बा, रोशन गुरुङ, कुलदीप प्रधान र मेदिनी निरौला सम्मिलित ब्याण्डले गीत संगीत प्रस्तुत गरेको थियो ।

अध्यक्ष प्रधान आफूले पनि नारायण गोपालको ‘यती चोखो यती मिठो…..’ बोलको गीत गाएका थिए । कार्यक्रममा भीम लिम्बुले साउण्ड सिस्टम व्यवस्था गरेका थिए ।