कांग्रेसमा महामन्त्री र सहमहामन्त्रीपछि मात्रै उपसभापति मनोनयन

काठमाडौं- पदाधिकारी र बाँकी केन्द्रीय सदस्य मनोनयन गर्न नसकेको भन्दै पार्टी पंक्तिबाटै चर्को आलोचना खेपिरहेका कांग्रेस सभापति शेरबहादुर देउवाले बाँकी सदस्य, सहमहामन्त्री र महामन्त्रीपछि मात्रै उपसभापति मनोनयन गर्ने धारणा अघि सारेका छन् ।

उपसभापति मनोनयनमा चर्को विवाद देखिने भएपछि सभापछि देउवाले यस्तो धारणा अघि सारेका हुन् ।

सभापति देउवाले आफ्नो योजनालाई लिएर आइतबारआफूनिकट नेताहरु बालकृष्ण खाँण र डा. प्रकाशशरण महतसँग सल्लाहसमेत गरेका छन् ।

तरुण दलको महाधिवेशन केही दिन पर सार्ने विषयमा छलफल केन्द्रित भएपनि देउवाले पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको विषयमा पनि कुराकानी गरेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार सभापति देउवाले महामन्त्री र सहमहामन्त्री पछि मात्रै उपसभापति मनोनयन गर्दा कस्तो होला भनी जिज्ञासा राखेका थिए ।