न्यूयोर्क– मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलाई संयुक्त राज्य अमेरिकाको भर्जिनियामा विभिन्न नेपाली सास्थाहरुद्वारा आयोजित समारोहमा नेपाली नागरिकहरुले अभिनन्दन गरेका छन् ।
नेपालको न्याय क्षेत्रमा इमान्दार, निष्ठावान् र सच्चरित्रवान् भई करिब चार दशकसम्म अनवरत कार्यरत रहादै देशको प्रधान न्यायाधीश हुन सफल भएको र नेपालको न्यायिक इतिहासमा एक अजर अम्मर न्यायमूर्तिका रुपमा आफूलाई स्थापित गराउन सफल भएको कदर गर्दै नेपालीहरुको विभिन्न सास्थाहरुले सामूहिक रुपमा उहााको सम्मान गरेको आयोजकहरुले बताएका छन् । न्याय सम्पादनका क्रममा आजीवन निर्विवाद रुपमा जनतालाई न्याय प्रवाह गर्न सफल हुनुका साथै विधिको शासन, मानवअधिकार र आम नागरिकको न्यायमा पहुाचको स्थितिलाई सुदृढ तुल्याउन पनि सदैव सक्रिय हुनुभएका रेग्मीको व्यक्तित्व सबैका लागि उदाहरणीय रहेको भन्दै कार्यक्रममा उहााको उच्च मूल्याङ्कन गरिएको थियो ।
नेपालमा २०६९ सालमा उत्पन्न अति विशिष्ट राजनीतिक परिस्थितिमा संविधानसभाको निर्वाचन सम्पन्न गर्न तत्कालिन प्रधान न्यायाधीशको हैसियतमा मन्त्रिपरिषद्को अध्यक्षको जिम्मेवारी ग्रहण गरी सफलतापूर्वक संविधानसभाको निर्वाचन सम्पन्न गरराउन सफल भएको कार्यको समेत सोही समारोहमा आयोजकले उच्च प्रशंसा गरेको नेपाली सास्थाहरुले बताएका थिए । सोही समारोहमा रेग्मी नेतृत्वको सरकारले सम्पन्न गरेको निर्वाचनबाट संविधानसभाको गठन भई संविधान जारी हुन सकेका कारण देशमा विधिको शासन, राजनीतिक स्थायित्व र आर्थिक तथा सामाजिक विकासको मार्गप्रशस्त गर्ने द्वार उघार्न सफल भएकाले नेपाललाई राजनीतिक पथविचलित हुनबाट रोक्नमा रेग्मीको योगदान रहेको हुादा उहाा एक ऐतिहासिक व्यक्तित्व हुनुभएको भन्दै उक्त समारोहमा आयोजकले रेग्मीप्रति श्रद्धा र सम्मान व्यक्त गरेका थिए ।
भर्जिनिया तथा वाशिङ्गन डिसीमा रहेका नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको तीज–महोत्सवको उद्घाटन गर्दै मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मीले विदेशमा रहेर पनि आफ्नो संस्कार, सास्कृतिलाई जगेर्ना गर्न विभिन्न कार्यक्रम आयोजना गर्नु अत्यन्त प्रशंसनीय कार्य रहेको बताउनुभएको थियो । साथै, उहााले नेपाली कला, सास्कृति, पहिचान तथा अस्तित्वलाई कायम राख्न नेपालीहरु विश्वमा जहाासुकै रहेपनि राष्ट्रिय भावनका साथ अघि बढ्नेमा आफू पूर्ण विश्वस्त रहेको पनि बताउनुभयो ।
नेपालमा विगतको जस्तो द्वन्द्व, अशान्ति, अनिश्चितता र राजनीतिक अविश्वास नरहेको र संविधान जारी भएसागै देशमा थुप्रै अवसरको ढोका खुलेकाले विदेशमा आर्जित ज्ञान, सीप र अनुभव सकेसम्म आगामी दिनमा आफ्नै मातृभूमि नेपालमा लगानी गर्दै देशलाई समृद्ध बनाउन पनि नेपालीहरुलाई रेग्मीले आग्रह गर्नुभयो । उहााले आयोजकलाई धन्यवाद दिंदै भन्नुभयो, ‘यस्ता कार्यक्रमले हामीबीचको सम्बन्धलाई अझै समधुर बनाउने छ, र आजको यो अभिनन्दनले मेरो यहााहरुप्रतिको आत्मियतालाई पुनर्ताजगी गरेको छ ।’
अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका, सोसाइटी अफ नेप्लिज नर्सेज अमेरिका, अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्गन डिसी मेट्रो कमिटी अमेरिका र अमेरिका–नेपाल टेलिभिजनको संयुक्त आयोजनामा आयोजित तीज महोत्सव २०१६ मा रेग्मीलाई अभिनन्दन गरिएको रेग्मीसागै अमेरिका भ्रमणमा रहनुभएका उहााका प्रेस संयोजक तथा पत्रकार राजेन्द्रप्रसाद पाण्डेले बताउनुभयो ।






