भागबण्डामा कुरा नमिल्दा कांग्रेसमा लफडा, मन्त्रीको नाम नपठाउने पौडेल समुहको निर्णय

(From left) Nepali Congress senior leader Sher Bahadur Deuba, acting President Ram Chandra Paudel and General Secretary Krishna Prasad Sitaula at a party meeting, in Kathmandu, on Sunday, February 14, 2016. Photo: RSS

काठमाडौं– १३ ओटा मन्त्रालय पाएको नेपाली कांग्रेसमा आन्तरिक भागबण्डा नमिल्दा विवाद उत्पन्न भएको छ ।
नेता रामचन्द्र पौडेल पक्षधरले सरकारमा सहभागिताबारे चित्न बुझ्ने अवस्था नआए सरकारमा सहभागि नहुने निर्णय गरेको छ ।

पौडेल निवास बोहराटारमा बुधबार अपरान्ह निकटस्थ नेता तथा सांसदहरुको बैठकले सरकारमा आफ्नो पक्षबाट सम्मानजनक सहभागिता हुनुपर्ने माग गरेको नेता प्रकाशमान सिंहले जानकारी दिए ।

बैठकमा देउवाले मन्त्री चयनमा एकलौटी गर्न खोजेको भन्दै आलोचना समेत भएको थियो ।

बिहान पनि नेता प्रकाशमान सिंह लगायतका नेताहरुसँग पौडेलले छलफल गरेका थिए ।

छलफलमा विगतदेखिनै भागबण्डाको परिपाटी रहेको र अहिले भने देउवाले मनपरी गरेको आरोप लगाइएको बताइएको छ ।

पौडेल समुहले १३ मन्त्रालयमध्ये कम्तीमा ५ मन्त्रालय माग गरेको छ । तर देउवाले भने बढीमा ४ मन्त्रालय मात्रै दिन सक्ने बताएका छन् ।
देउवाले मागेको जति मन्त्रालय नदिने भएपछि पौडेल समुह रुष्ट बनेको बताइएको छ भने सोहि कारण पौडेल समुहले मन्त्रीको नाम पठाएको छैन ।

तर देउवाले भने पौडेलको अनसन्तुष्टिका बीच आफू निकटका चार नेताको नाम मन्त्रीमा सिफरिस गरेका छन् । नेताहरुका अनुसार देउवाले अर्जुननरसिंह केसी, प्रकाशशरण महत, वालकृष्ण खाण र जीवन शाहीको नाम मन्त्रीमा सिफारिस गरेको बताइएको छ । यस्तै बाँकी मन्त्रीको नाम टुंगो लगाउन छलफल चलिरहेको बताइएको छ ।

कांग्रेसमा आन्तरिक भागबण्डा मिल्दा नसक्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको छ ।