दीपिकाले कट्रिनालाई दिइन् सल्लाहः रणबीरसँग विवाह नगर्नु

ranbir-deepika-katrina-post_1349072991अन्ततः बलिउडकी डिम्पल गर्ल भनिने दीपिका पादुकोणले कट्रिना कैफसँग आफ्नो मनको कुरा खोलेकी छिन् । भर्खरै एक अवार्ड कार्यक्रममा दीपिकाले कट्रिनालाई रणबीरसँग विवाह नगर्न सल्लाह दिएकी छिन् ।
वास्तवमा, अवार्ड कार्यक्रमको दौरान रेड कार्पेट पछि दीपिकासँग एउटा रमाइलो भिडियोको हिस्सा बन्न आग्रह गर्दा उनी त्यसको लागि सहमत भइन् । रमाइलो गर्ने क्रममा उनलाई एउटा प्रश्न सोधिएको थियो, ‘तपाईं कट्रिनालाई के सल्लाह दिनुहुन्छ’ त्यसको जवाफमा दीपिकाले भनिन्, ‘रणबीर कपुरसँग विवाह नगर्नू’ । उनको यो उत्तर सुनेर त्यहाँ भएका सबै मानिसहरु अचम्म भए । स्मरण रहोस्, दीपिका र रणबीर कुनै समय निकै चर्चित जोडीको रुपमा चिनिन्थे ।
पूर्व प्रेमीलाई दिइन् बधाईः
दीपिकासँग अलग भएपछि रणबीर बलिउडकी बार्बी गर्ल भनिने कट्रिना कैफसँगको सम्बन्धमा छन् । भर्खरै कट्रिना र रणबीरको लण्डनमा निकै गोप्य रुपमा इन्गेजमेन्ट भइसकेको खबर पनि सार्वजनिक भएको थियो । यद्यपी, इन्गेजमेन्ट गरेकोमा दीपिकाले यो जोडीलाई बधाई दिएकी छिन् । दीपिकाले भनिन्, ‘यदि रणबीर र कट्रिनाको इन्गेजमेन्टको खबर वास्तविक हो भने म यो जोडिलाई बधाई दिन चाहन्छु । अल द बेस्ट’ ।
अवार्ड कार्यक्रममा एक्लै देखिइन् दीपिका:
साधारणतया आफ्नो ‘राम’ सँग देखा पर्ने ‘लीला’ यो अवार्ड कार्यक्रममा भने एक्लै देखिइन् । स्मरण रहोस्, भर्खरै दीपिका र रणबीर सिंहले सँगै जन्मदिन मनाएका थिए र रणबीरले दीपिकाको परिवारसँग उनको हात मागिसकेको कुरा सार्वजनिक भएको थियो ।