एन आर एनए यूकेको ‘एक कार्यकाल, एक परियोजना’ सार्वजनिक

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले ‘एक कार्यकाल एक परियोजना’ नामक महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।nrn1

एनआरएनए यूकेको गत आइतवार बसेको कार्यसमितिको नियमित बैठकमा महासचिव विजय विक्रम लिङदेनले वर्तमान कार्यकालकै सबैभन्दा महत्त्वाकाक्षी योजनाको प्रस्ताव गरेका थिए । उनले सिरिसे स्कूल पुनर्निर्माण योजनाका लागि कार्यसमितिका प्रत्येक सदस्यले कम्तिमा १०१ पाउण्ड प्रदान गरी प्रायोजकको भूमिका निर्वाह गर्न सकिने भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको छ ।

बैठकले गरेको उक्त निर्णय बमोजिम कार्यसमितिका जम्मा ३५ जना सदस्यहरुले न्युनतम १०१ पाउण्ड प्रदान गर्ने भएका छन् । त्यस्तैगरी उपाध्यक्ष राष्ट्र राईले बैठकले तोकेको न्युनतम प्रायोजक रकमभन्दा बढी १५० पाउण्ड दिने प्रतिवद्धता जाहेर गरेका छन् भने च्यारिटी विभागका संयोजक सनत गुरुङ, उपाध्यक्ष योग फगामी र सदस्य राजेश पाठक प्रत्येकले २०१ पाउण्ड प्रदान गर्ने भएका छन् ।

अध्यक्ष मुछेत्र गुरुङ र प्रवक्ता एबं परियोजनाका संयोजक खुशी लिम्बु दुबैबाट आआफ्नो सहयोग रकम कबुल गर्न बाँकी छ ।

एनआरएनए यूकेको कार्यसमितिबाटै झण्डै चारहजार पाउण्ड संकलन हुने जानकारी एनआरएनए यूकेका कार्यवाहक प्रवक्ता मिलन गुरुङले लण्डन नेपाल न्युज डट कमलाई जानकारी गराए । प्रायोजकहरु र अन्य दाताहरु लगायत टिकटका बिक्रीबाट तीस लाख संकलन गर्ने लक्ष राखेको एनआरएन यूकेले आगामी सेप्टेम्बर २४ तारिख अल्डर्सटको किङस सेन्टरमा एक च्यारिटी डिनरको आयोजना गरेको छ ।nrn_uk_logo