बाँधिएर बस्न बाँध्य ‘गर्भवतीका’ लागि आर्थिक सहयोगका लागि अपिल

damloलन्डन– मानसिक रोगी त्रियुगा नगरपालिका वडा नं ५ भातिखर्ककी २२ बर्षीया गर्भवती सृजना कार्कीको सहयोगका लागि बेलायतमा पनि सहयोग अभियान सञ्चालन गरिने भएको छ ।

यूके नेपाल फ्रेण्डसिप सोसाइटीले कार्कीको उपचार र बसोबासको प्रबन्ध मिलाउन सहयोग अभियान चलाउने निर्णय गरेको हो । सृजना उपचार अभावमा बाँधिएर बस्न बाँध्य छिन् ।

गर्भवतीलाई श्रीमानले समेत घरमै छाडेर हिडेपछि उनी बिचल्लीमा परेकी छिन् । गर्भ रहेको दुई महिनाको भएपछि छोराले समेत छाडेर हिडेपछि वृद्ध सासु ससुरालाई बिरामी बुहारीको बोझ थपिएको छ ।

सिन्धुलीको लदाभिर गाविसबाट २०७० फागुनमा विवाह भई गाईघाट आएकी कार्कीको माइती पक्ष समेत विरामी भएपछि हेर्न गएको छैन ।

७१ जेठमा पाटन अस्पताल गएर चेक जाँच गराएकोमा नियमित चिकित्सकको निगरानीमा औषधी सेवन गर्नु भनेको थियो तर आर्थिक अभाव भएकाले पुन अस्पताल लगिएको छैन ।

अधिकारकर्मी महेश्वरी राईले कार्कीलाई उपचारका लागि अहिले उद्धार गरेर अस्पताल भर्ना गरिएको जानकारी दिए लगतै उपचार मा लाग्ने आर्थिक सहयोगका लागि एनआरएनए यूके उपमहासचिव अर्जुन कटुवालले बेलायतवासी नेपालीलाई एकपटक फेरि मानवीय भावना दर्शाउन अपिल गरेका छन् । उनले सहयोगपछि आफ्नो इमेल मा जानकारी दिन पनि  सम्पूर्णमा आग्रह गरेका छन्  ।

इमेल arjunkatuwal@hotmail.com

UK NEPAL FRIENDSHIP SOCIETY

Bank details:

UKNFS SC: 40-13-07

ACCT NO : 12501805