देउवाले आरजुलाई परराष्ट्रमन्त्री बनाउने संकेत

sherbahadhurकाठमाडौं– अन्तिम समयमा शेखर कोइरालालाई परराष्ट्रमन्त्री बन्न रोकेपछि अनेक शंका उपशंका सुरु भएका छन् ।

शपथको आधा घण्टअघि कोइरालालाई अन्य मन्त्रालय छान्न भनेपछि अनेक कोणबाट बहस सुरु भएका छन् । कोइरालालाई दिएको बचन तोड्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्नी आरजु देउवालाई परराष्ट्रमन्त्री बनाउने योजना बनाएको निकट स्रोतहरुले जनाएका छन् ।

सत्तारुढ दुई घटकबीच परराष्ट्र मन्त्रालय कांग्रेसले लिने लगभग सहमति भएको छ । सुरुमा माओवादीले राम कार्कीलाई पराराष्ट्र मन्त्री बनाउन चाहेको थियो । तर, कांग्रेसले आफ्नो दाबी नछाडेपछि उसैले पाएको थियो ।

सभापति देउवा आफ्नै पत्नी आरजुलाई परराष्ट्र मन्त्री बनाउन पहल थालेका छन् । देउवाले पत्नी आरजूलाई परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्रीलाई दबाव दिएको स्रोतले जनाएको छ । माओवादीले भने परराष्ट्र आफूले नपाए शेखरलाई मात्र स्वीकार गर्न सक्ने संकेत गरेको छ ।

देउवामाथि प्रकाशशरण महतलाई परराष्ट्रमा लैजाने दबाब पनि उत्तिकै छ ।