कांग्रेसमा कसले गर्दैछ सरकारमा नेतृत्व ?

Bimalendra-sitaulaकाठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बन्ने सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्ने नेताको सूची बनाएका छन् ।

देउवा निकट स्रोतका अनुसार नेता विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलामध्ये एकलाई नेतृत्व दिएर पठाउने सम्भावना छ । कांग्रेस र माओवादी गठबन्धन निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका निधि आफैंले पार्टीको नेतृत्व गरेर जाने इच्छा देखाएका छन् । अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठले पनि त्यस्तै इच्छा राख्दै आएका छन् ।

नेताहरू खुमबहादुर खडका, पूर्णबहादुर खड्का, निधि, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, बालकृष्ण खाँडलाई सरकार या पार्टीमा व्यवस्थापन गर्ने तयारीमा देउवा लागेका छन् ।