गुल्मी, २९ पौष । गुल्मीको थानापतिमा ट्याक्टर दुर्घटना हुँदा तिन जना गम्भीर घाईते भएका छन् । रिडीबाट वालुवा लिएर तम्घास तर्फ आउँदै गरेको लु २ त ८०६३ नम्वरको ट्याक्टर मंगलबार दिउँसो थानापति–८ को पानी ट्याङ्की भन्ने स्थानमा दुर्घटना हुँदा तीनजना घाईते भएका हुन् । घाईतेमध्ये एक जनाको अवस्था भने चिन्ता जनक रहेको प्रहरीले जनाएको छ ।
नाम ठेगना नखुलेका एक जना युवाको अवस्ता चिन्ता जनक रहेको निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक अम्विकाप्रसाद गुप्ताले जानकारी दिए । उनका अनुसार एक जना महिला र एक जना पुरुष गम्भीर घाईते भएकाले उपचारका लागि प्रहरीले पाल्पा पठाई सकेको छ । भिरको विचमा ट्याक्टरले च्यापिएको अवस्थामा रहेका एक युवालाई अहिले भर्खरै उद्धार गरेर बाहिर निकाल्दा उनका हल्का खुट्टाहरु चलेको वताईएको छ ।
उनलाई पनि उपचारका लागि पठाउन लागिएको जानकारी प्रहरीले दिएको छ । ट्याक्टर झण्डै ६० मिटर तल खसेको बताईए पनि के कारणले खस्यो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।






