काठमाडौं- बहिनीको निधनको खबरपछि राष्ट्रिय फुटबलर विमल घर्तीमगर बेल्जियमबाट फर्किएका छन् ।
१७ वर्षीय बहिनी मनीषाको बिहीबार शंकास्पद मृत्युको शोकमा रहेका विमल बिहान साढे ९ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका छन् ।
विमल खुट्टाको उपचारका लागि बेल्जियम गएका थिए ।
उनी विमानस्थलबाट सोझै त्रिवि शिक्षण अस्पताल महाराजगन्ज गएका छन् ।
बुधबार राति आफ्नै घरमा मृत अवस्थामा भेटिएकी मनीषा घर्तीको शवको पोस्टमार्टम शिक्षण अस्पतालमै भएको छ ।






