लन्डनमा बाबुरामको नयाँ शक्तिको चहलपहल तीब्र

image

लन्डन- बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, नेपालको बेलायतस्थित प्रवासी संगठन ‘अन्तर्राष्ट्रिय नेपाली समाज’ यूकेले चहलपहल तीब्र बनाएको छ ।

भोला खनाल संयोजक रहेको संगठनले कन्फरेन्स कल, संस्था दर्ता गर्नेदेखि सबै काममा बेलायत पहिलो भएको दाबी गरेको छ ।

एकरुपताको लागि नयाँ शक्ति समर्थित विदेशको भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाजले एकै लोगो प्रयोग गरे राम्रो हुने हुनाले लोगो सम्बन्धि सुझाव भए पठाइदिन अनुरोध पनि गरेको छ ।

लोगो डिजाइन संस्थाका सह-संयोजक दिपक गैरेले गरेका हुन् । नेपाली नेताले प्रविधिको प्रयोग गरि विदेशमा अन्तर्क्रिया गराउन बाबुराम भट्टराईको अल्डरसट युकेको कार्यक्रम प्रथम भएको पनि प्रवक्ता जगन कार्कीले दाी गरे ।

अन्तर्राष्ट्रिय नेपाली समाजले पदाधिकारी र सदस्यहरुलाई विभागीय जिम्मेवारी पनि दिएको छ ।

टिममा सह संयोजक सुरोज मास्के, महिला विभाग सकुन गुरुङ, आर्थिक विभाग कृष्ण गैरे, गणेश अधिकारी, संगठन बिभाग प्रमुख प्रकाश शर्मा, प्रेस संयोजक रुद्र ढकाल, अल्डरसट, फार्नबोरो, क्याम्बर्ली संयोजक हेम गुरुङ, महिला विभाग प्रमुख शकुन्तला गुरुङ र अर्थिक बिभाग प्रमुख धन गुरुङ छन् ।

साउथ इस्ट संयोजक क्रान्ति मास्केले केन्द्रीय सचिवालय सदस्य वीरेन्द्र पोखरेलको उपस्थितिमा प्लमस्टिड, वीलविच, ग्रिनविच क्षेत्र समेट्दै साउथ इस्ट क्षेत्रको समिति विस्तार गरेका छन् ।

रेसम थापा, डाक्टर सुनिल शाह, पुष्प उप्रेती आर्थिक विभागमा छन् भने राजु कँडेललाई लेस्टर क्षेत्रको जिम्मेवारी दिइएको छ ।

मधेस विभाग प्रमुखमा पाण्डव महतो, स्कटल्यान्डमा विजय डंगोल, बैंकिङ बित्तिय क्षेत्रका गणेश अधिकारी, आर्थिक विभागमा अनुपमा न्यौपाने , वेम्ब्ली इलिङ्ग संयोजक दिवश प्रधान, विज्ञान प्रविधि विभागमा रामबाबु श्रेष्ठ, वेल्स संयोजक योगेन्द्र गैरे, लिभरपुल संयोजक गोपाल अधिकारीले काम सुरु गरेका छन् ।

image